नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
१४ चैत्र २०७८, सोमबार १२:३२
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीको लगानीयोग्य रकम ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।
कम्पनीले क र ख वर्गका इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी चैत २० गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ ।