छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको वार्षिक साधारण सभा सम्पन्न

१४ चैत्र २०७८, सोमबार १२:०५

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले चालु आर्थिक वर्ष २०७८।०७९ को कुल आम्दानी ६ करोड ६९ लाख एक हजार ५०० रुपैयाँ र कुल खर्च ६ करोड ६८ लाख ३१ हजार रुपैयाँको बजेटमाथि छलफल गरी पारित गरेको छ ।

साथै सोही सभामा आर्थिक वर्ष २०७७।०७८ मा कुल आम्दानी ५ करोड ६२ लाख ६ हजार २२९ रुपैयाँ र कुल खर्च ६ करोड २४ लाख २० हजार २१२ रुपैयाँ भएको बारेमार छलफल समेत गरिएको थियो । गत आवको आम्दानी र खर्चको विवरण अस्पतालकी कोषाध्यक्ष सजनी जोशीले पेश गरेर प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै, सभाले महासचिव राजेन्द्र प्रसाद मानन्धरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जोशीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

अस्पतालकी प्रशासन प्रमुख लिना शाक्यका अनुसार अस्पतालमा यस वर्ष ८७ हजार ९२७ जना विरामीलाई चिकित्सा सेवा प्रदान गरेको थियो । त्यसमध्ये ४ हजार १३७ जनालाई १२ लाख ४५ हजार २४० रुपैयाँ बराबरको विशेष छुट तथा निःशुल्क उपचार सुविधा प्रदान गर्नुका साथै १२८ जना बिरामीलाई १ लाख ६० हजार ९२६ रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गरेको थियो ।

उक्त सभामा उपाध्यक्ष कुमारदेव मानन्धर, मेडिकल डाइरेक्टर डा. प्रेमल कुमार जोशी र काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नवीन मानन्धर आ–आफ्नो विचार राखेका थिएृ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*