गुडविल फाइनान्सको ९३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१४ चैत्र २०७८, सोमबार १०:३१

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तफएको ९३ हजार ४८९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकिनेछ ।

शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी चैत २८ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार कमलादी काठमाडौंमा न्यूनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गरि गोप्य शिलबन्दी आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*