नेष्डो समृद्ध लघुवित्तको आइपीओ आजबाट दोस्रो बजारमा कारोबार हुने

१४ चैत्र २०७८, सोमबार ०६:१०

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर हिजो नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर म्याचिङ भएमा आज दोस्रो बजारमा कारोबार हुनेछ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकरण गर्न नेष्डो लघुवित्त र नेपाल स्टक एक्सचेञ्चबीच सम्झौता भएको हो । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेपश्चात् नेप्सेमा हिजो सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् संस्थाको शेयर धितोपत्र दोस्रो बजारमा भोलिदेखि नै कारोबारमा आउनेछ ।लघुवित्तको वास्तविक नेटवर्थ २६० रुपैयाँ ८४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*