कामना सेवा विकास बैंकको १३४ औं शाखा धनगढीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखाको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरी आज (चैत्र १३ गते) देखि कारोबार शुभारम्भ गरेको हो ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
बैंकका यस संगै १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।