हाइड्रो एक्स्पोको मिति परिवर्तन, चैत १९ देखि २१ सम्म आयोजना हुने

१३ चैत्र २०७८, आईतवार १८:०२

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ ।

स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रालिले बिगतका वर्ष झै यो वर्ष समेत संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०२२ भृकृटीमण्डपमा आयोजना गर्ने लागेको हो ।

उक्त आयोजनामा एक्सपोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायति राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने भएको छन् । हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको बिकसित पछिल्ला प्रविधिका बारे जानकारी गराउन, नेपालको जलविद्युतको लागि बजारको प्रबद्र्धन गर्न, देशभित्र विद्युत खपत बढाउन, विद्युत ब्यापारको प्रबद्र्धन, हाइड्रोपावर सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छातामूनि भेला पारी यससम्बन्धी ज्ञान, सीप तथा प्रविधिको जानकारी दिन तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले यो एक्स्पोको आयोजना गर्ने लागेको हो ।

यसले नेपालमा उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीब्रता दिन सहयोग गर्ने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान दिने तथा जलविद्युत क्षेत्रको विकासमा बहुआयामिक योगदान पुराउने विश्वास गरिएको छ ।

यसका साथै स्वच्छ उर्जाको प्रबद्र्धनमा सहयोग पुराउने, नेपालमा विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोगमा अभिवृद्धि गर्ने हितले नेपालको पहिलो फर्पिङ जलविद्युत आयोजना एक्स्पो आयोजना स्थत भृकृटीमण्डपबाट विद्युतीय गाडीको र्याली गरिने छ । तेस्रो संस्करणको उक्त एक्स्पोमा उर्जासँग सम्बन्धीत नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन जस्ता कार्यक्रम विशेष आकर्षकमा रुपमा हुने जनाएको छ ।

चैत १९ गतेदेखि २१ गतेसम्म ३ दिन संचालन हुने एक्स्पोमा जलविद्युत प्रवद्र्धन, उत्पादन, इक्युप्मेन्ट्स सप्लायर्स, टर्वाइन उत्पादन, लगानीकर्ता, बैंक, बीमा लगायत १०० भन्दा बढी स्टल रहनेछन् । जसमा ५० प्रतिशत विदेशी स्टल रहने अनुमान गरिएको छ ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुदाँ नेपाल र भारतका उर्जासम्बन्ध ब्यक्ति तथा संस्थाका बिचमा पारिस्परिक सहयोग र सहकार्यमा सहजता हुनुका साथै नेपालको जलविद्युतको बजार, ब्यापार बिस्तार र भारतीय लगानीमा सहकार्य थप अवसर उजागर हुने विश्वास गरेको हो । यो एक्स्पोमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा समेत कम्पनीले राखेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*