लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

१३ चैत्र २०७८, आईतवार १७:३५

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ ताकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य ब्यक्ति तथा संघ संस्थाले सोमबार (चैत १४ गते) दिउँसो ३ बजेसम्म न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको अवधिसम्म प्राप्त भएका बोलपत्र चैत १७ गते बिहान १० बजे बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*