नेप्सेमा थप ५९ लाख ३० हजार ४६९ कित्ता बोनस शेयर सूचीकृत
१३ चैत्र २०७८, आईतवार १५:३०
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरको ५२ लाख ९० हजार ७४२ कित्ता बोनस शेयर र सबैको लघुवित्तको ३१.०५ प्रतिशत दरको ६ लाख ३९ हजार ७२७ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।
सूचीकृत पश्चात् उक्त शेयर भोलिदेखि नै लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।