अर्थमन्त्री शर्माको नेतृत्वमा वित्तिय साक्षरता र्याली सम्पन्न (फोटो फिचर)

१३ चैत्र २०७८, आईतवार १५:३९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज विहान वित्तिय साक्षरता र्याली सम्पन्न भएको छ । आज विहान भद्रकालीबाट सुरु भएको वित्तिय साक्षरता र्याली भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको हो ।

र्यालीमा नेपाल राष्ट्र बैंक नेपालमा सञ्चालित बैंकहरु, बीमा समितिसहित नेपालमा सञ्चालित बीमा कम्पनीहरु, नेप्सेसहित ब्रोकर कम्पनी तथा लगानीकर्ताहरुको सहभागिता रहेको थियो । त्यस्तै र्यालीमा कर्मचारी संचय कोष तथा नागरिक लगानी कोष लगायतको सहभागिता रहेको थियो ।

विश्व वित्तिय सप्ताह २०२२ को अवसरमा आयोजित र्यालीमा सहभागीहरुले वित्तिय साक्षरता सम्बन्धी नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए । तस्विरः सामाजिक सञ्जाल/बीमापोष्ट

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*