मल्टीपर्पस फाइनान्ससहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा ओरालो लागेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन १६ अकंले घटेको नेप्से आज भने ४१.४३ अकंले घट्न पुगेको हो ।
आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से राताम्य हुदाँ समेत कारोबार ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ हुन पुगेको छ ।
नेप्से भारी अकंले घट्दा समेत कारोबार भने करिब ५ अर्ब रुपैयाँ पुगेको छ । उक्त रकमको कारोबार हुदाँ आज मल्टीपर्पस फाइनान्सले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ५.५० प्रतिशतले घटेको हो ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ५.२५ प्रतिशत, नेरुडे लघुवित्तको ४.८६ प्रतिशत, मन्जु श्री फाइनान्सको ४.८१ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको ४.६८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ४.६६ प्रतिशत र शिव् श्री हाइड्रोपावरको ४.६३ प्रतिशतले घटेको हो ।