पाँच कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा राताम्य छाएको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन १६ अकंले घटेको नेप्से आज भने ४१.४३ अकंले घट्न पुगेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ भएको छ ।
आइतबार नेप्सेमा भारी गिरावट आउदा समेत कारोबार भने सुधार आएको छ । केही साता यता खुम्चिरहेको कारोबार आज भने करिब ५ अर्ब रुपैयाँ हुदाँ पाँच कम्पनीको शेयरमा सर्किट लागेको छ । आज जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, प्रभु लाईफ इन्स्योरेन्सको ८.११ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्सको ४.५६ प्रतिशत, प्रिमियर इन्स्योेन्स नेपालको ४.४२ प्रतिशत, अजोड इन्स्योरेन्सको ३.८६ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको ३.२७ प्रतिशतले बढेको हो ।