चिनियाँ विदेशमन्त्रीका अगाडि ओली र प्रचण्डको जम्काभेट

१३ चैत्र २०७८, आईतवार १३:२९

काठमाडौं । तीन दिने नेपाल भ्रमणको क्रममा रहेको चिनिाँ विदेशमन्त्री वाङ यीलाई साक्षी राखेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्तालाप भएको छ ।

होटल मेरियटमा चिनियाँ विदेशी मन्त्री वाङ यीकै सामुन्ने दुई नेताका बीचमा जम्काभेट भएको छ । मेरियट होटलमा बसेर वार्ता गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आसनमै राखेर माओवादी अध्यक्ष प्रचण्डलाई बोलाइए पछि दुई नेताको जम्काभेट भएको हो ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका छन् । यति नै बेला सोही होटलमा रहेको चिनियाँ विदेशमन्त्री वाङ यी समेत रहेकोले तीन जना नेताबीचको भेटवार्ता अर्थपूर्ण रहने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*