शेयरमूल्य समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट

१३ चैत्र २०७८, आईतवार १२:१५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन पश्चात् शेयरबजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा कारोबारमा आएका २११ कम्पनीमध्ये जीवन विकास लघुवित्तको शेयर १० प्रतिशत अर्थात् ३०० रुपैयाँले शेयरमूल्य बढेर ३३ सय रुपैयाँ पुगेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधीहरुलाई कायम चुक्तापूँजीबाट ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले सोही प्रतिशत लाभांश पारित गर्नका लागि चैत २५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बोनस शेयर वितरणपश्चात् कम्पनीको बिहिबार कायम शेयरमूल्य ५१ सय रुपैयाँका आधारमा ३००० रुपैयाँ कायम गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*