पूँजीबृद्धि हुने भएसँगै बीमा कम्पनीहरुको सर्वाधिक खरिदबिक्री

१३ चैत्र २०७८, आईतवार १२:०२

काठमाडौं । नियमक निकाय बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै धितोपत्र दोस्रो बजारमा साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै बीमा कम्पनीहरुको उच्च खरिदबिक्री भएको छ ।

शेयर बजार खुलेको केही समयमा नै जीवन बीमा तथा निर्जीबन बीमा कम्पनीको शेयर सर्वाधिक कारोबार हुन पुगको हो ।

यो समाचार तयार पार्दासम्म गुरासँ लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको ७ करोड ३४ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड, ९ लाख, युनियन लाइफ इन्स्योरेन्सको ५ करोड ५२ लाख र नेपाल इन्स्योरेन्सको ५ करोड ३५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी ५ अर्ब र निर्जीबन बीमा कम्पनीहरुको चुक्तापूँजी २.५ अर्ब बनाउने निर्णय गरेसँगै बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*