आइतबार सुनचाँदीको मूल्य स्थिर

१३ चैत्र २०७८, आईतवार ११:२४

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको सुन आज भने स्थित रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*