जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

१३ चैत्र २०७८, आईतवार १०:५१

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीले शेयर रजिष्ट्रारको कामको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

रजिष्ट्रार नियुक्त पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको प्रभु क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*