प्राइम लाइफको शेयर संरचना परिवर्तन

१३ चैत्र २०७८, आईतवार १०:२७

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ हाल कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुने शेयर परिमार्जन गरेको हो ।

संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएको हो । बीमा समितिको स्वीकृति प्राप्त भए अनुसार कम्पनीको १४ औं वार्षिक साधारण सभाबाट ६०ः४० अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित भई निर्णय भएको थियो ।

साथै, आफ्नो शेयर परिवर्तन गर्न नचाहेले संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन सक्नेछन् ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा संस्थापक तर्फको शेयर परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*