मेट लाईफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

१३ चैत्र २०७८, आईतवार ०७:३३

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी आव २०७७।०७८ मा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भएपछि नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो ।

नयाँ बोनस दर अनुसार अधिकतम् ८० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । नयाँ बोनस दर अनुसार सावधिक जीवन बीमा १ देखि १५ वर्ष अवधीको बीमा पोलिसीमा ६० रुपैयाँ प्रति वर्ष प्रति हजार बोनस दर निर्धारण गरिएको छ । त्यस्तै, १६ देखि २० वर्ष अवधीका बीमा पोलिसीहरुमा ७० रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँ निर्धारण गरिएको छ भने २१ वा सो भन्दा माथिका बीमा पोलिसीहरुमा ८० रुपैयाँ बोनस दर तोकिएको छ ।

त्यस्तै शिक्षा संरक्षण बीमा पोलिसीहरुमा पनि १६ वर्षसम्मका लागि ६० रुपैयाँ, २० वर्ष सम्मका भए ७० रुपैयाँ र २१ वा सो भन्दा माथि भए ८० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस निर्धारण गरिएको छ ।

उता, अग्रिम भुक्तानीमा भने बोनस १५ वर्षसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षसम्मका लागि ५५ रुपैयाँ र २१ वर्षदेखि माथिका बीमा पोलिसीका लागि ६५ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।

गत वर्ष अधिकतम् ८५ रुपैयाँ रहेको बोेनस दर यस वर्ष घटेको हो । बीमा समितिले लागू गरेको फ्युचर बोनसका लागि अनिवार्य गरिएको प्रोभिजनका कारण बोनसदर घटेको हो । नयाँ बोनस दर अनुसार सबैभन्दा धेरै २८ हजार १३ जनाले ६० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, सबैभन्दा धेरै बोनसदर ८० रुपैयाँ प्रति हजार प्रतिवर्षका दरले बोनस पाउनेको संख्या पाँच हजार १८५ जना रहेका छन् ।

सबैभन्दा कम बोनस दर ४५ रुपैयाँ पाउनेको संख्या १९ हजार १९३ जना रहेका छपाँच हजार १८५ जना रहेका छन् ।
सबैभन्दा कम बोनस दर ४५ रुपैयाँ पाउनेको संख्या १९ हजार १९३ जना रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*