आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

१३ चैत्र २०७८, आईतवार ०५:४१

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते शेयर दाखिला खारेज किताब बन्द  गरेको थियो । जसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*