नेशनल हाइड्रोपावरको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत

१२ चैत्र २०७८, शनिबार १८:५८

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू। १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो ।

यी प्रस्तावहरुसँगै सभामार्फत सात जना सञ्चालकहरु सर्वसम्मत चयन भएका छन् । कम्पनीका अनुसार सात सञ्चालकहरुमा कुमार पाण्डे, अतेन्द्र श्रेष्ठ, कञ्चन प्रकाश पाण्डे, नवराज नेपाल, बिश्वेश्वर सुबेदी, सोमनाथ सापकोटा र शुसिला कुमारी शर्मा रहेका छन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले यस अघि फागुन १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने १९ दशमलव ५ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*