रिलायबल लाइफको कावासोती शाखाद्धारा अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

१२ चैत्र २०७८, शनिबार १६:३९

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीको कावासोती शाखाले शुक्रबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो ।

इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण कार्यक्रममा संचालक तथा कावासोती शाखाका शाखा प्रबन्धक शंकर खनालले कम्पनीको विभिन्न प्रकारका पोलिसीका बारेमा बताएका थिए । साथै उक्त तालिममा अभिकर्ताले पाउने सेवा र सुविधाका बारेमा पनि प्रशिक्षण दिएका थिए ।

साथै रलायबल लाइफ इन्स्योरेन्स कम्पनीमा लगातार दुईपटक एमडिआरटी भएका रमेश किशोर लम्सालले उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान समेत गरेका थिए ।

उक्त कार्यक्रममा करिब २५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*