यो साता कस्तो रह्यो शेयर बजार ?

१२ चैत्र २०७८, शनिबार १०:५४

काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने नेप्से परिसूचकमा ६४।३५ अंकले बढोत्तरी आएको थियो।

यो साता सेयर बजारमा १२ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो हिसाबले दैनिक औसत २ अर्ब ४५ अर्ब रुपैयाँ बढीकोे कारोबार भएको देखिन्छ।

अघिल्लो साता ४ दिनमा १२ अर्ब ७ करोड रुपैयाँ करोबार भएको थियो। यस हिसाबले सेयर बजारमा यो साता सूचकसँगै कारोबारमा पनि गिरावट आएको छ। हिजो बिहीबार बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरेको छ। यो सामाचारले आईतबार शेयरबजारमा केही फरक देखिने शेयर बिश्लेषकहरुको धारणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*