सिटिजन लाइफ इन्स्योरेन्सको चौथौ साधारण सभा सम्पन्न

११ चैत्र २०७८, शुक्रबार १६:५३

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीले आव २०७६।०७७ को संस्थागत सामाजि उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाम प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फण्डमा कम्पनीका तर्फबाट गरिएको योगदान आर्थिक सहायता वातपको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरी पारित गरेको छ ।

साथै गत आव २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित र सोही आवको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छफफल गरी पारित गरेको छ ।

त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरि संचालक समितको बैठक भत्ता तथा सुविधाको विषयमा छलफल गरी पारित समेत गरेको छ । साथै सोही सभाले सर्वसाधारण शेयर (आइपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*