महालक्ष्मी विकास बैंक र अरिकल ईभेन्टस् प्रालिबीच छुट सम्झौता
११ चैत्र २०७८, शुक्रबार १४:४९
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले अरिकल ईभेन्टस् प्रालिमा विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त समझदारी अनुसार बैंकका ग्राहकहरुले अरिकल ईभेन्टस्मा बैंकको डेबिट कार्ड, क्यूआर, मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्ने सक्नेछन् । ईभेन्टले काठमाडौंका महाराजगन्ज नारायण गोपाल चोकबाट विभिन्न खानाका परिकारहरुको सेवा सुविधा दिदै आइरहेको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटद युगसँग जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालक गर्दै आएको छ ।