बैंक अफ काठमाण्डू र रोडहाउस क्याफेबीच छुट सम्बन्धी सम्झौता
११ चैत्र २०७८, शुक्रबार १४:२५
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले उक्त क्याफेमा १० प्रतिशत छुट पाउने समझदारी भएको हो ।
बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा क्याफेले दिदै आइरहेका सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् । रोडहाउस क्याफे पोखराले लेकसाइट, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।