नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत
११ चैत्र २०७८, शुक्रबार १४:०८
काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार मन्जुश्री फाइनान्स र एनआरएन एन्फ्रास्टचर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
मन्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५५१ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फाइनान्सको पुस २९ गते सम्पन्न वार्षिक साधारणबाट पारित ४० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो भने एनआरएनको पुस २९ गतेसम्पन्न वार्षिक साधारणबाट पारित ५ प्रतिशत बोनस शेयर नेप्से सूचीकृत गराएको हो ।
अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।