रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

११ चैत्र २०७८, शुक्रबार ११:४१

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।

कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै बीमितहरुलाई अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो ।

कम्पनीले आज प्रकाशित गरेको बोनसदरअनुसार बीमितहरुले प्रतिहजार न्यूतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ९ बीमा योजनाका विभिन्न अवधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गतका बीमितलाई न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ । जसमा ५ देखि ९ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ६२ रुपैयाँ र २० वर्षभन्दा माथिका बीमालेखहरुमा प्रतिहजार ७० रुपैयाँ उपलब्ध गराउने भएको हो ।

साथै इन्स्योरेन्सले रिलायबल लघु सावधिक जीवन बीमालेख र बीमा समिति लघु सावधिक जीवन बीमालेख अन्तर्गतका सबै अवधिका बीमितहरुलाई प्रतिहजार ३० रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ ।

साथै कम्पनीले रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजना अन्तगर्तका सबै बीमा अवधिका बीमितहरुलाई प्रतिहजार १३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यसका साथै कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख अन्तर्गतका बीमितहरुलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३७.५ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार यस बीमालेखअन्तर्गत ५ देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३२ रुपैयाँ र २० वर्षभन्दा माथिका लागि प्रतिहजार ३७.५ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

त्यस्तै, रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) अन्तर्गतबा बीमितहरुले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । यो बीमालेख अन्तर्गत ५ देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ६२ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा आजिवन बीमा योजना अन्तगर्तका सबै बीमा अवधिहरुका बीमितहरुलाई प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजना अन्तर्गत १०, १२ र १४ वर्ष अवधिका लागि ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यसका साथै कम्पनीले रिलायबल समुन्नती जीवन बीमा योजना अन्तर्गतका सबै बीमा अवधिका बीमितहरुका लागि प्रतिहजार २० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*