सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार

११ चैत्र २०७८, शुक्रबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार १ सय रुपैयाँ बढेको सुन आज पनि ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*