फोर्स गुर्खा आजदेखि नेपाली बजारमा बिक्री वितरण सुरु

११ चैत्र २०७८, शुक्रबार ११:१३

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी ‘फोर्स गुर्खा’ आजदेखि नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ । “नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी आजदेखि गर्दैछौ,” आयाम इन्टरकन्टिनेन्टल प्रा. लि का अध्यक्ष ध्रुव थापाले भने । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।

“ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म”मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ ।
लामो र चौडा वनावट भएको गुर्खा को क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।

मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए ।
पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ । साथै ग्राहकहरुले चार पटक सम्म निः शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खा को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*