नेशनल हाइड्रोपावरको साधारण सभा आज बस्दै, लाभांश पारित गर्दै

११ चैत्र २०७८, शुक्रबार १०:५६

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा आज (चैत ११ गते) बस्दैछ । सभा आज डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५% बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, नेसनलले सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर पनि गर्ने भएको छ । सुनकोशीलाई १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । जसअनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेसनलको २५ कित्ता सेयर पाउने छन् । सभामार्फत एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोन गर्ने प्रस्ताव छ ।
यस्तै, सभामार्फत ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज बुक क्लोज गरेको हुदाँ फागुन १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछ ।

यसअघि नेसनलको सभा फागुन ३० गते बोलाइएको साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । सोही सभा आज हुन लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*