सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, आईपीओ निष्कासन मुख्य एजेण्डा

११ चैत्र २०७८, शुक्रबार १०:३९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज (चैत ११ गते) बस्दैछ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरि बोलाएको हो ।

उक्त सभाले कम्पनीले आव २०७६।०७७ को संस्थागत सामाजि उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाम प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फण्डमा कम्पनीका तर्फबाट गरिएको योगदान आर्थिक सहायता वातपको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गर्नेछ ।

साथै गत आव २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छफफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितको बैठक भत्ता तथा सुविधाको विषयमा छलफल गर्ने सभाको एजेण्डा रहेको छ । साथै सोही सभाले सर्वसाधारण शेयर (आइपीओ) सार्वजनिक निष्काशन गर्ने बारे विषय प्रस्ताव गर्नेछ ।

कम्पनीेले चैत ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय टेकु, काठमाडौंमा दर्ता गराइसकेका शेयरधनीमात्र सभामा उपस्थित हुन पाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*