ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

११ चैत्र २०७८, शुक्रबार १०:१५

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेले सर्वसाधारणका लागि खुल्ला गरेको आइपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतअर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने भएपनि छोटो अवधिमा नै माग भन्दा बढी आवेदन माग परेपछि आवेदन दिने मिति आज सकिदैछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*