विदेशी बीमा कम्पनीले पनि चुक्ता पुँजि बराबरको रकम निधार्रित पुँजि कोषमा जम्मा गनुपर्ने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन

१० चैत्र २०७८, बिहीबार २०:२६

काठमाडौं । अब विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेका कम्पनीहरुले पनि चुक्ता पुँजि बराबरको रकम निधार्रिरित पुँजि कोषमा जम्मा गनुपेर्नेछ । बीमा समितिको आज बसेको बैठकले विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेका कम्पनी र सयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयवाधिभित्र उल्लेखित नियम अनुसार पुँजी कायम गनुपर्ने व्यवस्था गरेको हो।

बीमा समितिको आजको निर्णय बमोजिम विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेका बीमकले बीमक दर्ता र बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका २०७६ को दफा ४ बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजि बराबरको निर्धारित पुँजि कायम गर्ने र सयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयवाधिभित्र उल्लेखित नियम अनुसार पुँजी कायम गनुपर्ने व्यवस्था कायम गरिएको उल्लेख गरिएको छ । बीमा समितिका कार्यकारी निर्देशिक राजुरमण पौडेलले नयाँ पुँजि अनुसार विदेशी कम्पनीहरुले पनि अनिवार्य रकम निर्धारित पुँजि कोषमा जम्मा गनुपर्ने बताए ।

त्यस्तै, बीमा कम्पनीहरुको चुक्ता पुँजि वृद्धि गरी सम्रगमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुका जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने, गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त सङ्ख्यामा राख्न तथा पुँजिगत आधारमा बलियो बनाउन, ठूलो पुँजि भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजि कायम गरि कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पधाको वातावरण तगरा गर्न र जोखिममा आधारित पुँजिसँग सामञ्जस्यता हुने गरि चुक्ता पुँजि कायम गर्न पुँजि वृद्धिको निर्णय गरिएको हो ।
आजको निर्णय अनुसार बीमा कम्पनीहरुले चुक्ता पुँजि २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजि उक्त समयअवधिभित्र बुझाउन नसक्ने कम्पनीहरुले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ बमोजिम हुने गरि पुँजि कायम गरिसक्नुपर्ने हुन्छ ।
त्यस्तै, कम्पनीहरुले तीस दिनभित्र आफनो पुँजि योजना सम्बन्धी बोर्डबाट निर्णय गराई बीमा समितिमा पेश गनुपर्ने व्यवस्था समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*