बीमा समितिद्वारा बीमा कम्पनीहरूको चुक्ता पुँजि बढाउने निर्णय, जीवन बीमाको पाँच अर्ब, निर्जीवन बीमाको साढे दुई अर्ब

१० चैत्र २०७८, बिहीबार १९:२८

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा कम्पनीको चुक्ता पुजि बृद्दि गर्ने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न समितिको बैठकले बीमा कम्पनीको पुजि बृद्दि गर्ने निर्णय गरेको हो। समितिले जीवन बीमा कम्पनीको चुक्ता पुजि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुजि साढे दुइ अर्ब पुर्याउने निर्णय गरिएको हो।

पुँजि बृद्धिका लागि बीमा कम्पनीहरुलाई एक महिना अवधीभित्र बीमा कम्पनीहरुलाई व्यापारिक योजना बनाउन निर्देशन दिने र व्यापारिक योजनाको सम्बन्धमा अध्ययन गरेर थप निर्णय गर्ने बीमा समितिले जनाएकाे छ ।

बीमा कम्पनीहरुको चुक्ता पुँजि वृद्धि गरी सम्रगमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुका जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने, गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त सङ्ख्यामा राख्न तथा पुँजिगत आधारमा बलियो बनाउन, ठूलो पुँजि भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजि कायम गरि कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पधाको वातावरण तगरा गर्न र जोखिममा आधारित पुँजिसँग सामञ्जस्यता हुने गरि चुक्ता पुँजि कायम गर्न पुँजि वृद्धिको निर्णय गरिएको हो । बीमा समितिले बीमा कम्पनीले हकप्रद शेयर जारी गरेर समेत चुक्ता पुजि पुर्याउन पाउने जनाएकाे छ।

आजको निर्णय अनुसार बीमा कम्पनीहरुले चुक्ता पुँजि २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजि उक्त समयअवधिभित्र बुझाउन नसक्ने कम्पनीहरुले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ बमोजिम हुने गरि पुँजि कायम गरिसक्नुपर्ने हुन्छ ।

त्यस्तै, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेका बीमकले बीमक दर्ता र बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका २०७६ को दफा ४ बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजि बराबरको निर्धारि पुँजि कायम गर्ने र सयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयवाधिभित्र उल्लेखित नियम अनुसार पुँजी कायम गनुपर्ने व्यवस्था कायम गरिएको छ ।
त्यस्तै, कम्पनीहरुले तीस दिनभित्र आफनो पुँजि योजना सम्बन्धी बोर्डबाट निर्णय गराई बीमा समितिमा पेश गनुपर्ने व्यवस्था समेत गरेको छ ।

 

यद्धपी बीमा कम्पनीहरुले पुँजि वृद्धिको निर्णयप्राति सन्तृष्ट नरहेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*