जीवन बीमा कम्पनीको चुक्ता पुँजि पाँच अर्ब, निर्जिवनको साढे दुई अर्ब, बीमा समितिको बैठकले आजै निर्णय गर्दै
१० चैत्र २०७८, बिहीबार १८:४७
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजि बृद्धि गर्न डाकेको बीमा समितिको बैठक सुरु भएको छ । बीमा समितिमा सुरु भएको आजको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजि पाँच अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजि साढे दुई अर्ब पुर्याउने बारे निर्णय गर्ने जनाइएको छ ।
बीमा समिति स्रोतका अनुसार आजको बैठकको एजेण्डाको रुपमा बीमा कम्पनीको चुक्ता पुँजि बृद्धि गर्ने विषय राखिएको छ । सो सम्बन्धमा आजै निर्णय हुनसक्ने जनाइएको छ ।