रिभर फल्स पावरलाई ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

१० चैत्र २०७८, बिहीबार १७:५२

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दार सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्न बोर्डले आज अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएसँगै अब सो कम्पनीले ३४ करोड ३० हजार रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा ४९ प्रतिशत शेयर बिक्री गर्नेछ ।

पहिलो चरणमा स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री गरिनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*