सिवाईसी नेपाल लघुवित्तलाई आईपीओ निष्कासनका लागि बोर्डले दियो अनुमति

१० चैत्र २०७८, बिहीबार १७:३५

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट चैत ९ गते आईपीओ निष्कासनका लागि अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बिक्री गर्नेछ । कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर विक्री गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*