मेगा बैंकको एकैदिन काठमाडौंमा तीन शाखा बिस्तार
१० चैत्र २०७८, बिहीबार १६:३१
काठमाडौं । पहिल्लो समय मेगा बैंकले आफ्ना शाखा बिस्तारमा तिब्रता दिदै आइरहेको छ । आफ्ना ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने हेतुले ग्रामीण देखि सहरी क्षेत्रमा शाखा बिस्तार गरि रहेको हो ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ । बिहिबार पनि बैंकले काठमाडौंमा तीन वटा शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा एकैदिन शाखा कार्यालयको बिस्तार गरी शुभारम्भ गरेको हो ।
तीन शाखा बिस्तार भएसँगै हाल बैंकले २०७ शाखा मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।