विष्णु पाठकले गरे जन्मदिनको अवसरमा महालक्ष्मी लाईफको ५० लाख रुपैयाँको बीमा खरिद

१० चैत्र २०७८, बिहीबार १५:४०

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो आफन्त, साथीभाई तथा नजिकका ब्यक्तिलाई जीवन बीमा कम्पनीहरुको जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ ।

जन्मउत्सव, पास्नी र विभिन्न चाडपर्वको अवसरमा आफ्ना नजिकको व्यक्तिलाई पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेकोमा विष्णु पाठकले आफ्नो जन्म दिनको अवसरमा आफैं जीवन बीमा गरेका छन् । जन्मउत्सवमा नयाँ कामको सुरुवात गर्ने हेतुले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडमा बीमा गरेको उनले बतााएका छन् ।

उनले आफ्नो ३७ औं वर्षको अवसरमा महालक्ष्मी लाईफमा ५० लाख रुपैयाँको बीमा गरेका हुन । पाठकले सोे अवसर पारी उक्त बीमालेख खरिद गरेका हुन् । कपिलवस्तु जिल्ला बाण गंगा नगरपालिका वडा नं २ मा बस्ने केदारनाथ बजाज शो रुमका संचालक पाठकले आफ्नो ३७ औं जन्मोत्सवकामा महालक्ष्मी सावधिक जीवन बीमा खरिद गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*