नेपाल फाइनान्ससहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१० चैत्र २०७८, बिहीबार १५:२३
काठमाडौं । बिहिबार नेप्से ओरालो लागेको छ । बुधबार २०अकंले घटेको नेप्से बिहिबार समेत १६.६९ अकले घटेको हो ।
साताको अन्तिक कारोबा दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच भएकोा छ । नेप्से घट्दा कारोबारमा समेत हुदाँ ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँमा सिमित भएको छ ।
आज कारोबार ३ अर्बमा सिमित हुदाँ नेपाल फाइनान्सले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.६७ प्रतिशतले घटेको हो ।
त्यस्तै, सामलिङ पावरको ४.६५ प्रतिशत,माउन्टेन हाइड्रो नेपालको ४.१६ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.०७ प्रतिशत, सिंनर्जी पावर डेभलपमेन्टको ३.९४ प्रतिशत र गुडवइल फाइनान्सको ३.६१ प्रतिशतले घटेको हो ।