जीवन विकास लघुवित्तसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१० चैत्र २०७८, बिहीबार १५:२१

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेपाली पूँजीबजार १६.६९ अंकले घट्न पुगेको छ । आज शेयरबजारमा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार हुन पुगेको छ ।

शुन्य दशमलव ६३ प्रतिशतले नेप्से बढ्दा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुन पुगेको छ । आज केही हदसम्म कारोबार रकम बढ्न पुगेको छ । तर मार्केट डेप्थ हेर्नुपर्दा कारोबार खासै सन्तोषजनक भने होइन । भदौै महिनामा १८ अर्बसम्म कारोबार हुने शेयरबजारमा पछिल्लो समय २।३ अर्बमा नै कारोबार सीमित हुन पुगेको छ ।

आज ३ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएको कारण सो कम्पनीको आज एकैदिन ३० करोड ६३ लाख ९७ हजार ६२४ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमको २३ करोड ५० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ३१ लाख, अपि पावरको १० करोड ३३ लाख र गुराँस लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*