तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१० चैत्र २०७८, बिहीबार १५:१३
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से घटेको छ । हिजो २० अकंले घटेको नेप्से आज भने १६.६९ अकले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार नेप्से घट्दा ३ अर्बको कारोबार हुदाँ ३ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, ग्रीन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.५९ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको ५.२६ प्रतिशत, एनआइबिएल समृद्धि फण्डको ४.८६ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्सको ४.८० प्रतिशत र गुराँस लाइफ इन्स्योरेन्सको ४.६९ प्रतिशतले बढेको हो ।