नेप्से दोहोरो अंकले घट्यो, ३ अर्बमाथि कारोबार हुँदा बीमा समूहमा छायो हरियाली
१० चैत्र २०७८, बिहीबार १५:१२
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस साता दुई दिन मात्रै बढेको नेप्से परिसूचक अन्य दिन दोहोरो अंकले घट्न पुगेको हो ।
आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार भएको छ ।
यस साताको अन्य दिनको तुलनामा आज कारोबार केही बढ्न पुगेको छ । २ अर्बमा मात्रै कारोबार सीमित भएको शेयरबजारमा आज कारोबार ३ अर्बमाथि पुगेको हो ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज २ समूहबाहेकका सबै समूह राताम्य भएका छन् । आज जीवन बीमा र निर्जीबन बीमा समूहमा हरियाली छाएको छ भने सर्वाधिक विकास बैंक समूहको ९२.६१ रुपैयाँले घटेको छ ।