३ कम्पनीको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति ?

१० चैत्र २०७८, बिहीबार १३:४६

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार खुलेको करिब ढाई घण्टाको अन्तरालमा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा सूचीकृत कारोबारमा आएको २१९ कम्पनीहरुमध्ये युनाईटेड इदि मार्दी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयरमा सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म युनाईटेड इदि मार्दी र राष्ट्र उत्थानको शेयर १० प्रतिशतले बृद्धि भएको छ भने इमर्जिङ नेपालको ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भइरहेको छ ।

सो प्रतिशतले बढेर युनाइटेड इदि मार्दीको शेयरमूल्य ९९६.६० रुपैयाँ, राष्ट्र उत्थानको ८१९.५० रुपैयाँ र इमर्जिङ नेपालको ७६०.७० रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*