मुक्तिनाथ क्यापिटलले चैत २५ गते बोलायो विशेष साधारण सभा
१० चैत्र २०७८, बिहीबार १३:०३
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभा चैत २५ गतेका लागि आव्हान गरेको छ । चैत ८ गते बसेको संचालक समितिको बैठकले मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौं प्लाजा कमलादी काठमाडौंमा सो दिन दिउँँसो १२ः३० मा बस्ने गरी बोलाएको हो ।
सभा भर्चुअल माध्यमबाट बस्ने कम्पनीले जनाएको छ । उक्त विशेष सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, प्रबन्धपत्र प्रस्तावित संशोधनको नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट परिवर्तन वा संशोधन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।