यातायात विभागले सूचना सच्यायो, भोलि बिहानबाट सबै सेवा खुल्ने

९ चैत्र २०७८, बुधबार १७:३८

काठमाडौं । यातायात ब्यवस्था विभागले देशभरका यातायात कार्यालयले प्रदान गर्ने सबैं सेवा बन्द हुने भन्ने आफ्नो सूचना संशोधन गरेको छ ।

विभागले बुधबार दोस्रो पटक सूचना जारी गर्दै विद्युत आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार साझँ ५ बजे (चैत ९गते) देखि बिहान ६ बजे (चैत १० गते) सम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।

यस अघि भने यातायात ब्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दैं बुधबार (चैत ९ गते) साझँ ५ बजेदेखि समस्या समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने जनाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*