बुद्धभुमि नेपाल हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
९ चैत्र २०७८, बुधबार १५:४६
काठमाडौं । बुधबार नेप्से २०.३४ अकंले घटेको छ । हिजो १६ अकंले बढेको नेप्से आज ओरालो लागेको हो ।
आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार समेत २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा सिमित भएको हो ।
नेप्से ओरालो लागि कारोबार समते खुम्चिदा आज बुद्धभुमि नेपाल हाइड्रोपावरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ३.५८ प्रतिशत घटेको हो ।
त्यस्तै, खानीखोला हाइड्रोपावरको ३.२४ प्रतिशत, जोशी हाइड्रोपावर डेभपलमेन्ट ३.२३ प्रतिशत, पन्चकन्या पावरको ३.२० प्रतिशत र सेन्ट्रल फाइनान्सको ३.१४ प्रतिशतले घटेको हो ।