नेप्सेमा थप १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत
९ चैत्र २०७८, बुधबार १५:२८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ ।
बैंकको आज शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताहरुले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।