जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

९ चैत्र २०७८, बुधबार १५:१९

काठमाडौं । साताको चौथो दिन बुधबार पूँजीबजार फेरी ओरालोतर्फ लागेको छ । यस साताको पहिलो दिन नेप्से घटेपनि त्यसपछिको दुईदिन शेयरबजारमा हरियाली छाएको थियो । आज पुनश्च शेयरबजार दोहोरो अंकले घटेको छ ।

नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४३ लाख ९९ हजार २५३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय नेपालको शेयरबजारमा खासै उत्साहपन देखिएको छैन ।

दैनिकी धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या थपिँदै गएपनि पछिल्लो समय शेयरबजारमा कारोबार खासै बढ्न सकेको छैन । आज पनि कारोबार २ अर्ब हाराहारीमा मात्रै सीमित हुन पुगेको छ ।

२ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । कम्पनीको ७३ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन भएसँगै आज मात्रै ८ करोड ४० लाख २३ हजार ३३६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशियाको ८ करोड ३६ करोड, अरुण भ्याली हाइड्रोपावरको ८ करोड १४ लाख, नेपाल टेलिकमको ७ करोड ६० लाख रुपैयाँ र अपि पावरको ६ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*