दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

९ चैत्र २०७८, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । हिजो १६ अकंले बढेको नेप्से आज भने २०.३४ अकंले घटेको हो ।

आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँको कारोबार भइरहेको छ ।

आज नेप्सेमा ओरोलो लाग्दा कारोबार समेत १ अर्बमा सिमित हुदाँ २ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयरमा भने सर्किट लागेको हो ।

त्यस्तै, सनराइज बैंक डिबेञ्चरको ४.०४ प्रतिशत, एनआईबिएल फण्डको ३.११ प्रतिशत, नबिल डिबेञ्चरको २.९२ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको २.३७ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको २.०७ प्रतिशत र एनआईसी एशिया डिबेञ्चरको २ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*